पूर्वगृहमन्त्री शाहीको निधन

dan-bahadur-shahi

   काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान उनको निधन भएको हो । शाहीको पारिवारिक स्रोतका अनुसार ७६ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको हो ।

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

Comments

Top