फेरि बढ्यो इन्धनको मूल्य

Petrol-pump

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएसँगै मूल्य बृद्धि गरेका जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट मूल्य बढेर आएपछि निगमले इन्धनको मुल्य बढाएको बताएको हो ।

निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रति लिटर तीन÷तीन रूपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

Comments

Top