सुन तस्करी र हत्या काण्ड : भण्डारी, मल्ल र खरेलले यि तथ्यलाई नकार्न सक्छन ?

golddone

 काठमाडौं । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले एसएसपी दिवेश लोहनी,डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेल काबिल प्रहरी अधिकारी भएको र उनीहरुमाथि अभियोग लगाउनु त्रुटी भएको भन्दै हिजो मिडियामार्फत गृह मन्त्रालयको छानविन समिति संयोजक इश्वराज पौडेल नै अनुभवहिन भएको आरोप लगाए । 

 पूर्व डीआइजी रमेश खरेलले चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै यो प्रकरणले नेपाल प्रहरीका लोहनी जस्ता क्षमतावान र इमान्दार अनुसन्धानकर्ताहरुको शिर निहुँरिएको उल्लेख गरेका थिए। तर, यहाँ यस्ता तथ्यहरु छन् जसले उनीहरुको आरोप र तर्कको कुनै अर्थ राख्दैन। 

- अदालतले एसएसपी लोहनीले गतल मनासयले काम गरेको भन्दै थुनामा पठाएको थियो । अदालतको आदेशमा भनिएको छ- 'सनम शाक्यको हत्या भएको जानकारी पाए लगत्तै सम्बन्धित इलाका प्रहरीलाई घटनाको जानकारी नगराई दोषीलाई तुरुन्तै पक्राउ गराउनु पर्ने कानुनी कर्तव्य रहेकोमा एसएसपी लोहनीले सो कार्य नगरी आफ्ना प्रहरी अधिकृतलाई खटाएको देखिन्छ । त्यसरी खटाउँदा आफुले माथिल्लो तहबाट निर्देशन लिएको भन्ने निजको भनाइतर्फ विचार गर्दा माथिल्लो निकायबाट पनि गैरकानुनी कार्य गर्न निजलाई निर्देशन भएको भन्ने संझन पनि मिल्दैन।'

 त्यस्तै, अदालतले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले हत्या र तस्करीका मुख्य नाइके चुडामणी उप्रेती गोरसँग फोन सम्पर्क गरी केस मिलाउने सन्दर्भमा वार्ता गर्दै धरानमा मृतकको लास मगाएको र लासलाई मोरङ पुर्याइ रातभर होटेलमा राखेर शंकास्पद कार्य गरेको जनाएको छ । ‘चालक टेकराज मल्ल ठकुरीसँग निज प्रहरीको धरानमा भेट भई सो ठाँउबाट लास विभिन्न ठाँउमा घुमाउदै इटहरीबाट धरान लगिएको र पुनः इटहरीबाट विराटनगर लगेर मात्र लास बरामद गरेको देखाइ जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको देखिन्छ । उक्त लास विभिन्न ठाँउमा घुमाइरहेको समयमा गोरे समेतका मुख्य अभियक्तहरुले भाग्ने उम्कने मौका पाएको देखिन्छ भने उर्लावारीको लास धरान इटहरी हुँदै मोरङ ल्याउनु पर्ने त्यस्तो के गम्भीर परिस्थित परेको हो भन्ने कुरा मिसिलबाट खुल्दैन।' आदेशमा थप उल्लेख छ। 

 अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेको भन्ने समेत सई बालकृष्ण संञ्जेल र डिएसपी प्रजित केसीको बयानबाट देखिएको छ। अदालतको दृष्टिमा उनीहरुको भनाइ बमोजिम न त मुख्य अभियुक्तहरु पक्राउ परे, न त उनीहरुले कानुन अनुकुलको कार्य गरेको देखियो।' 

 अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण संञ्जेलले बयानमा उल्लेख गरेका छन् । तर, खरेलले अपराधी पक्राउ गर्न चरेसको प्रसँग गरे जस्तो  न त हत्या र तस्करीका नाइके गोरे पक्राउ परे, न त सुन नै बरामद् भयो । यो कुरालाई अदालतले गम्भिर त्रुटिका रुपमा लिएको छ । लोहनी र केसीले गरेको अर्को गम्भिर गल्ती हो, हत्याका योजनाकार गोरेलाई अभियुक्त नबनाउनु । गोरे, केसी र सन्जेलबीचको बार्तालापमा पनि गोरेलाई अभियुक्त अर्थात प्रतिबादी नबनाउने सम्झौता भएको छ।  जुन कुराको अडियो नै बाहिर आएको छ। अनी यो पनि अभियुक्त समात्ने नाटक हो र ? भण्डारी,मल्ल र खरेलले भने जस्तै लोहनी काबिल प्रहरी अधिकारी हुन। के उनीहरुले माथिका यि तथ्यलाई लोहनी काबिल प्रहरी अधिकारी भनेकै भरमा नकार्न सक्छन त ? 

 

Comments

Top