पूर्व मिस ईण्टरनेसनल शाहद्धारा ब्यूटीपार्लरको उद्घाटन

niti

   ईटहरी । पूर्व मिस  ईण्टरनेसनल नीति शाहले एक मेकअप स्टुडियोको उद्घाटन गरेकी छन् । लामो समयदेखि इटहरीमा सञ्चालित रुपकला ब्युटिपार्लरकि सञ्चालिका मनिता तामाङ्गले आफ्नो ‘पेस्को मेकअप स्टुडियो’ को नाममा उक्त व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । इटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियो आधुनिक शैलीमा तयार गरिएको छ । आफ्नो ग्राहकलाई खुशी पार्नको लागि ग्राहककै सल्लाह बमोजिम आफु यो व्यवसायलाई सबैमाझ भरपर्दो बनाउने पेस्कोकी सञ्चालिका तामाङले बताइन् । शाह मिस ईण्टरनेसनल नेपाल २०१७ कि विजेता हुन् ।

Comments

Top