भारततर्फ तस्करी हुँदै गरेको १२ टन मरिच बरामद

machich

 पर्सा  । प्रहरीले भन्सार छलेर  भारततर्फ लैजाँदै गरेको १२ टन मरिच  बरामद गरेको छ । वीरगञ्जबाट सोमबार साँझ मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो  ।

 उक्त गाडीका चालक भारतको युपी कानपुर जिल्ला घर भएका ३२ वर्षीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  धमेन्द्र र मरिचका बारेमा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । चीनबाट आउने  मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । 

Comments

Top