सुन तस्करी र डलरको अवैध कारोबार रोक्न चिनियाँ पक्षसँग गृहमन्त्रीको आग्रह

badal and rajdut china

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षसँग सहयोगको आग्रह गरेका छन् ।

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगको निरन्तरताका लागि पनि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । भेटमा राजदूत होङले नेपालमा चीनविरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए । उ

नले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएका थिए ।

Comments

Top