करिअर क्विजको आठौं सिजन सुरु गर्दै मिटिङ प्वाईन्ट , ५०० भन्दा बढी बिद्यालयहरुको सहभागिता

kwiz

 काठमाडौं। विद्यालय तहका विद्यार्थीहरुवीच लोकप्रीय रहेको टेलिभिजन क्विज सो 'करिअर क्विज'को आठौं सिजन प्रशारण हुने भएको छ । क्विज निर्माता संस्था मिटिङ प्वाईन्ट प्रालिका अनुसार यही जेठ २३ गते बुधबार बेलुकी ९ बजेबाट हरेक हप्ता एपी वान टेलिभिजनमा करिअर क्विज प्रशारण हुन लागेको हो ।

 सन् २०१० देखि प्रशारण हुँदै आएको करिअर क्विज कार्यक्रम विद्यालय तहका विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास र बौद्धिक प्रतिस्पर्धात्मक सँस्कृति निर्माणमा आधारित रहेको छ । करिअर क्विजका कार्यकारी निर्देशक बिनय खकुराल ‘क्विजमा सहभागि विद्यार्थीहरुलाई विभिन्न बिधाको छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिने’ बताउँछन् । खकुुरालका अनुसार क्विजले विद्यार्थीहरुलाई तत्काल लाभसँगसँगै दीर्घकालिन करिअर निर्माणमा समेत सहयोग पु-याउँछ ।

 करिअर क्विजमा हरेक वर्ष पाँच सय भन्दा बढी विद्यालयहरु प्रत्यक्ष रुपमा सहभागी हुन्छन् भने पचास हजार भन्दा बढी विद्यार्थीहरुको प्रत्यक्ष सहभागित रहन्छ । मिटिङ प्वाईन्ट प्रालिका प्रवन्ध निर्देशक सुरेश सिम्खडाका अनुसार आठौं सिजनको क्विजमा उपत्यका बाहिरका स्कुल तथा विद्यार्थीहरुको पनि सहभागिता रहने छ । विगतका सिजनहरुमा विशेषगरी उपत्यकाका स्कुलमा मात्र केन्द्रित रहँदै आएको क्विजमा यस सिजनमा भने पोखरा, बुटवल र चितवनका विद्यालयहरु पनि सहभागि रहने छन् ।

 निर्देशक सिम्खडाका अनुसार राज्यको पुनसंरचना पश्चात संघीयता सहित विकेन्द्रित योजना र कार्यक्रममा आधारित भएर राज्य ब्यवस्था अगाडि बढेपछि पत्रकारिता तथा आमसञ्चारका माध्यम र कार्यक्रमहरुले पनि सोही अनुरुप आफुलाई अभ्यस्त बनाउनु पर्ने यथार्थलाई मनन गर्दे क्विजले उपत्यका बाहिरका विद्यालयहरुलाई पनि समटेको हो । ‘आगामी सिजनहरुमा प्रदेशहरुलाई केन्द्रित गर्दै क्विजलाई थप ब्यापक बनाउने’ सिम्खडा बताउँछन् ।

 चितवन मेडिकल कलेजको प्रायोजनमा निर्मित करिअर क्विजको आठौं सिजनमा ५०० भन्दा बढी बिद्यालयहरुको सहभागिता रहेको छ भने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गर्नेछिन् । करिअर क्विजका निर्माता निर्देशक रविन न मर्हजनका अनुसार आठौं सिजनको क्विज प्राविधिक रुपले निकै शशक्त र परिस्कृत रहेको छ ।

 

Comments

Top