१३ करोड ठगेर एसएसपीबिरुद्द उल्टै उजुरी, गृहमन्त्रीले किन भेटे ठगलाई ?

thage

 काठमाडौं।  विभिन्न ब्यक्तिसँग १३ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने अनिल गजमेर गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमै पुगेका छन् । यातायात क्षेत्रको सिन्डिकेट हटाउनेदेखि सुन तस्करीको जालो तोडेर जनताको बीचमा लोकप्रियता कमाएका गृहमन्त्री थापालाई यस्ता गजमेर जस्ता ठगले बदनाम गर्ने काम गरेका छन् । उनलाई गृहमन्त्रीकोमा पुर्‍याउने काम कसले गरेको हो, त्यसको खोजी गरी तिनीहरुबाट उनी सतर्क हुनुपर्ने भएको छ ।
अनिल बी. गजमेरले माई इन्भेष्टमेन्ट ग्रुपका नाममा फाइदा हुने प्रलोभन देखाएर ७ बर्षअघि राधिका कटवालसँग ३५ लाख रुपैयाँ लिए । सुनसरीतिरका गजमेर उक्त रकम लिएपछि बेपत्ता भए । चिनजानकै भएकाले उनले रकम दिइन् । उनको इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट गर्ने होइन, ठगी गर्ने भाँडो रहेछ भन्ने थाहा पाएपछि कटवाल छाँगाबाट खसिन् । गजमेरले उनको पैसा आज आज भोलि भोलि भन्दै ७ बर्षसम्म तिरेनन् । बैंकमै राखेको भए पनि ७ बर्षमा उनको ३६ लाख रुपैयाँ दोब्बर भन्दा बढी हुन्थ्यो । घरजग्गामा लगानी गरेको भए तेब्बर चौबर फाइदा हुन्थ्यो । तर उनलाई ७ बर्षसम्म गजमेरले पैसा तिरेनन् ।

कटवालको रकम तिर्न आनाकानी गरी भागीभागी हिंडेका गजमेरलाई कारबाही अगाडि बढाउने बाटो खोजिन् । यसैक्रममा गजमेरका निकट केही ब्यक्तिले कटवाललाई ४५ लाख रुपैयाँ दिन्छ, भैगो छाडिदिनुस् भनेपछि उनी मिल्न राजी भइन् । गजमेरले ८ महिनापछिको चेक दिए । सन् २०१९ जनवरी १४ को चेक दिएर मिलापत्र गरी हिंडे । ७ बर्षअघि ३५ लाख लिएर उनले ८ महिनापछिको ४५ लाखको चेक दिएर खुसीराजीले बिदा भएका गजमेरले गृहमन्त्री थापाका निकट केही ब्यक्ति प्रयोग गरी उनकोमा पुगेर उल्टै प्रहरीले जबर्जस्ती गरेपछि चेक दिएको भनी गुमराहमा पारेका छन् ।

बरु उल्टै काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलको बारेमा पनि उनले नानाभाँती कुरा गृहमन्त्रीलाई लगाएका छन् । राधिका कटवालसँग ७ बर्षअघि ३५ लाख लिएको हो भनेर स्वीकार गरेका गजमेरले त्यो रकम तिरेको तर प्रमाण भूकम्पमा हराएको हास्यास्पद तर्क गरेका छन् । उनल त्यो रकम तिरेको भए, के गरी कुन स्रोतबाट तिरे, कुन बैंकको चेक दिए त्यो प्रमाण देखाउन भने सकेका छैनन् । पैसा लिएको हो तिर्छु भनेपछि प्रहरीको रोहबरमा गजमेरका निकट ब्यक्तिहरुले ८ महिनापछिको चेक लिएर भए पनि मिलापत्रमा राजी भएकी कटवाललाई उल्टै बदनाम गर्न ठग गजमेर लागेका छन् । गजमेर ठगीको पैसामा टाईसुटमा सजिएर हिंड्ने गर्दछन् ।

गजमेरले एउटी महिलाको पैसा पनि खाने, तिर्नु छ भनेर आफन्तहरुसँगै बसेर चेक दिने अनि फेरि मिडियामा अफवाह फैलाउने काम गरेका छन् । सहमतिमा चेक दिएर हिंडेका गजमेरले पछि जबर्जस्ती गरेको भन्दै गृहमन्त्रीकोमा समेत पुगेर गुमराहमा पारेका छन् । राधिका कटवाल मात्र होइन, गजमेरले थुप्रै ब्यक्तिहरुलाई ठगेको नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडाले बताइन् । गजमेर सुनसरीकै हुन्, उनका बारेमा मलाई सबै थाहा छ । उनले कटवालसहित थुप्रै ब्यक्तिलाई ठगी गरेका छन् । उनले ठगेकाहरुको लर्को छ ।

गृहमन्त्री थापाकोमा अब गजमेरले ठगेका र घरबारविहीन भएकाहरुको लर्को लाग्नेवाला छ । गजमेरले माई इन्भेष्टमेन्टका नाममा कटवालसहितका धेरै ब्यक्तिलाई १३ करोड रुपैयाँ भन्दा बढी ठगी गरेका छन् । गृहमन्त्रीकोमा उक्त ठगलाई लानेहरुले गजमेरबाट ठगिएकाहरुको रकम उठाउन पहल गर्नुपर्ने हो । ठगलाई गृहमन्त्रीकोमा लानेमाथि कारबाही हुनुपर्छ । गजमेरले ठूलो फाइदा हुन्छ भन्दै कति ब्यक्तिको जग्गा धितोमा राख्न लगाएर समेत रकम लिएर पचाइदिएका छन् । गजमेर ठग हुन् भन्ने कुरा जगजाहेर छ । तर गृहमन्त्रीले यस्ता ठगलाई किन भेटे त्यो भने बुझिनसक्नु बिषय भएको छ । (नयाँ पेजबाट  )

Comments

Top