चार एआईजीका लागि १० जना डिआईजीबीच प्रतिस्पर्धा

aigbadhuwa_1

 काठमाडौं। गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा प्राविधिकसहित ५ जना एआईजीको दरबन्दी रहने निर्णय गरेपछि प्रहरीमा तरंग छाएको छ । प्रहरीमा ५ एआईजी मात्र राख्ने गरी तयार पारिएको मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका छन् । अब यो मस्यौदालाई निर्णयका लागि गृहले मन्त्रीपरिषदमा लैजाने  छ । स्रोतका अनुसार कार्य बिभाग, महानगरिय कार्यलय, मानब स्रोत र प्रहरी एकेडेमीमा  एआईजी पदको दरबन्दी रहने छन् । 

 यसअघि प्राविधिकसहित प्रहरीमा १७ जनासम्म एआईजी पुगेको थियो । प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल बढुवासँगै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि १० जना डिआईजी मुख्य प्रत्यासीका रुपमा छन्। सरकारको निर्णयप्रति असन्तुष्ट डिआइजी रमेशप्रसाद खरेलले राजीनामा दिएका  थिए ।

 यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रञ्जितको अनिबार्य अवकास पाएका छन्। डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह १० माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्।

 यस्तै ३० असार २०४५ मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा एआईजीका दावेदार हुन्। जोशी, उत्तम कार्की र पबन खरेल असारको अन्तिमसम्म बढुवा भएनन् भने घर जानेछन् ।

 

Comments

Top