यस्तो छ विश्वकपको ट्रफी र कीर्तिमानी रेफ्रीको कथा

traffy and refry

   कठमाडौं । विश्वकप आउन अब ६ दिन मात्र बाँकी छ। एसियाली देश रसियामा हुने विश्वकपको २१ औं संस्करण सुरु हुनै लाग्दा विश्वभरका फुटबल समर्थकमाझ यसको सरगर्मी बढीको छ । ३२ राष्ट्रले विश्वकप खेले पनि विश्वमै यसको प्रभाव छ।

विश्वकपको बारेमा अहिले चिया पसल सामाजिक सञ्जाल र चोक चोकमा यसबारे बहस हुन थालेको छ। साथै खेलाडीहरुको प्रदर्शन र कीर्तिमानहरुको विषयमा पनि व्यापक चर्चा चलिरहेको छ । मन पर्ने टिमका जर्सी लगाएर समर्थन गर्नेको बाक्लो उपस्थितिले नेपाललाई पनि तताएको छ। सन् १९३० मा पहिलोपटक उरुग्वेमा आयोजना भएको विश्वकप संसारको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्ये एक हो। सन् १९३० मा भएको पहिलो विश्वकपको विजेता आयोजक उरुग्वेले नै जितेको थियो।

विश्वकपमा विशेषगरी खेलाडीको मात्र चर्चा हुने गर्दछ । तर, ट्रफि र रेफ्रीहरुको भने खार्स चर्चा हुन सकेको छैन । तर, ट्रफि र रेफ्रीहरुको कथा अलि भिन्न छ । त्यसैलाई हामीले पाठकहरुमाझ पस्कने जमर्को गरेका छौं ।

यस्तो छ ट्रफीको इतिहास
विश्वकपको २१ औं संकरणसम्म आइपुग्दा अनेकौ विवादास्पद घटनाहरू भएका छन्। त्यो मध्येको विश्वकपको चोरी प्रकरणले विश्वकपको ट्रफी नै फेर्नुपर्ने दबाब बढ्यो। तेस्रो पटक चोरी भएको ट्रफी अष्ट्रेलियाका दलालले पगालेर गहना नै बनाए। पहिलेको ट्रफी बदलेर अहिले नयाँ बनाउने फिफाले निर्णय गर्‍यो। सन् १९३० देखि २०७० सम्म आइपुग्दा विश्वविजेता ब्राजिलले तीनपटक विश्वकप जित्दै सक्कली ट्रफी गायब बनायो। सुरक्षा जोखिम बढेपछि सन् २००६ को जर्मन विश्वकप पछि भने विजेतालाई फाइनलको दिन मात्रै सक्कली ट्रफी दिने र घर फर्किने बेलामा ‘रिप्लिका’ दिने गरेको छ। सन् २००० सम्म विजेता टिमलाई सक्कली ट्रफी दिँदै आएको फिफाले सन् २००६ देखि नक्कली ट्रफी दिने गरेको छ।

सक्कली ट्रफीलाई फिफाले जुरिचस्थित आफ्नो संग्रहालयमा राख्ने गरेको छ। विश्वकपको आयोजक देशको घोषणा समारोह र विश्वकपको फाइनलमा मात्र सक्कली ट्रफी सार्वजनिक गरिन्छ। यस्तै विश्वकप ट्रफी टूरका बेलामा विशेष सुरक्षा र विशेष विमानमा ट्रफीलाई विश्व घुमाइन्छ। अहिलेको विश्वकपको ट्रफीमा जुन देशले विश्वकप जितेको छ त्यो देशको भाषामा नाम लेखिन्छ। सन् १९७० सम्म जुलेस रेमिट ट्रफी ३५ सेन्टिमिटर अग्लो र ३.८ किलो तौलको थियो। त्यसमा पूरै २४ क्यारेट सुनको प्रयोग गरिएको थियो। अहिलेको ट्रफी ३६ दशलमव पाँच सेन्टिमिटर अग्लो र ६.१७ किलो तौलको ट्रफीमा ४.९२७ किलो १८ क्यारेटको सुन प्रयोग गरिएको छ।

यस्तो छ रेफ्रीको कथा
विश्वकपमा सबैभन्दा बढी खेलहरु खेलाउने रेफ्री उज्वेकिस्तानका राभ्सन इर्माटोभ हुन् । विश्वकपको इतिहासमा उनले जति खेल कुनै पनि रफ्रीले खेलाएका छैनन् । सन् २०१० मा भएको विश्वकपको पहिलो खेल मेक्सिको र दक्षिण अफ्रिकाबीचमा उनले रेफ्रीको भूमिका निभाएका थिए ।

उक्त विश्वकपमा उनले थप चार खेलहरुमा पनि खेलाएका थिए जसमा नेदरल्याण्डस् र उरुग्वेबीचको खेल पनि समावेश थियो । साथै उनले सन् २०१० मा भएको विश्वकपमा पनि चार खेल खेलाएका थिए । यससँगै उनले सबैभन्दा बढी खेल खेलाउने रेफ्रीमा फ्रान्सका जोएल क्विनोउ, मेक्सिकोका बेनिटो अर्चुन्डिया र उरुग्वेका जर्ज ल्यारिओन्डालाई पछि पारेका हुन् । उनीहरु सबैले विश्वकपमा समान आठ खेल खेलाएका थिए ।

इर्माटोभ सन् २००३ मा फिफाको रेफ्री बनेका थिए । त्ययता उनको प्रदर्शन तथा क्षमतामा पनि सुधार आइरहेको छ । विश्वकपका बाहेक पनि उनले धेरे खेलहरु खेलाइसकेका छन् । उनले चारपटक एसियन च्याम्पियन्स लिगको फाइनल खेल खेलाएका थिए भने दुईपटक फिफा क्लब विश्वकपको फाइनल र एसियन कपको फाइनल खेलाएका थिए ।

उनले असंख्य ठूला प्रतियोगिताहरु शान्त र आत्मविश्वासका साथ खेलाइसकेका छन् । उनलाई यसपटकको विश्वकपमा आफ्नो कीर्तिमानलाई थप लम्ब्याउने अवसर रहेको छ । उनी रुस विश्वकप २०१८ को रेफ्रीहरुको सूचीमा पनि समावेश छन् ।

Comments

Top