कथाले मागे जस्तोसुकै दृष्य दिन पनि तयार छु : नयिका खनाल

usha khanal_1

   काठमाडौं । सानै देखिको चाहना कलाकार र समाजसेवि बन्ने चहाना बोकेकी नायिका उषा खनाल अहिले यहि क्षेत्रमा निरन्तर लागिरहेकी छन् । पछिल्लो समय व्यस्त रहेकी नायिका खनालले विगत आधादशक देखि नेपाली कला क्षेत्रमा आफ्नो कलाकारिता पस्कदै आईरहेकी छन् ।

डेढ सय म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी खनाल निर्माणधिन चलचित्र ‘बीर बहादुर’मा अनुवन्ध भएकी छन् । पश्चिम, दाङमा जन्मेकी उनले स्कुले जीवन देखि नै सडक नाटक र साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गरेको बताउँछिन् । चलचित्र ‘बीच बाटो’बाट करियर शुरु गरेकी उनले चलचित्र ‘झमेला’, ‘लाले’, ‘खतरनाक’, आदिमा आफ्नो अभिनय देखाई सकेकी छन् भने ‘बदलेकी आग’, ‘दि आर्टिष्ट’ नामक भोजपुरी चलचित्रमा पनि उनले काम गरेकी छन् ।

usha7उनले दुबई, मलेशिया, युरोपको विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउदै आईरहेकी छन् । कलाकार भएपछि चलचित्रको कथालाई न्याय हुन्छ भने जस्तोसुकै दृश्य दिन पनि आफु पछि नपर्ने उनको भनाई छ । मिलनसार स्वभाव, स्पष्ट ब्यवहारका कारण सुटिङ युनिटमा उनी सबैको प्यारो हुने गर्छिन ।

Comments

Top