भद्रगोल संगठनलाई ट्रयाकमा ल्याउँदै आईजीपी खनाल, बढुवामा यसरी लिए अडान

igpkhanal2

  काठमाडौं । नेपाल प्रहरी संगठनको हालसम्मको इतिहासमा आफ्नो कामले चिनिएर कामको आधारमा मुल्यांकन गरी नेपाल सरकारबाट प्रहरी संगठनको नेतृत्व गर्न सफल हुन पुगेका वर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले पुरानो नेतृत्वले एक वर्षमा गर्न नसकेका काम कारबाहीहरु  नेतृत्व सम्हालेको डेढ महिना नपुग्दै सम्पन्न गरेका छन् । बिगत लामो समय देखि रोकिदै आएको प्रहरी जवान देखि प्रहरी नायब महानिरीक्षक सम्मको ठुलो मात्रामा बढुवा निकाली प्रहरी कर्मचारीको बृत्ति बिकासमा महत्वपुर्ण योगदान पुर्याउन उनी सफल भएका छन् ।

प्रहरी कर्मचारीहरुलाई अपराध र अपराधीको बारेमा सधै कानुनी कठोरता र बिबेकपुर्ण निर्मम प्रहार गर्न निर्देशन दिदै आएका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल जस्तो नेतृत्व पाएकोमा प्रहरी संगठनका कर्मचारीहरु आफुहरुलाई गर्व महसुस भएको बताउँछन् । भर्खर मात्रै भएको डिएपीबाट एसपी बढुवामा पछाडी धकेलीएको जुन अड्कलबाजी गरी विभिन्न टिका टिप्पणी बाहिर आएका छन् त्यो एक सतही टिप्पणी मात्र भएको बुझिन आएको छ ।

कसरी हुन्छ प्रहरीको बढुवा ?

प्रत्येक प्रहरी कर्मचारीले जेष्ठता बापत अधिकतम २० नं. प्राप्त गर्दछन अर्थात् प्रत्येक १ वर्षको २ नं. का हिसाबले अधिकतम १० वर्षको २० नं. प्राप्त गर्न सक्छन । अनुभव एवं विभिन्न भौगोलिक क्षेत्रमा रहेर काम गरे बापत ८ नं. प्राप्त गर्दछन्, शैक्षिक योग्यता (न्युनतम योग्यता)बापत प्रथम श्रेणीमा पास गर्नेले ८ नं. र माथिल्लो शैक्षिक योग्यताको २ गरी १० न. तालिम बापत ७.५,पदक बिभुषण बापत २ गरी जम्मा ४७.५ न. प्राप्त गर्दछन् । जुन प्राप्त नं. उम्मेद्वारहरु आफैले के कती पाएको जानकार हुन्छन् र आफु के कति पानीमा रहेको आफ्नो नम्बरबाट समेत उनीहरुले आकलन गर्न सक्दछन् ।बाँकी कार्य सम्पादन मुल्यांकन बापत प्रत्येक वर्षको सुपरीवेक्षक, पुनरावलोकन कर्ताबाट गरी ४० नं. प्राप्त गर्दछन् भने ५ नं. प्रहरी महानिरीक्षकले चुनौती बापत प्रत्येक ४ बर्षको नं.दिई प्रमोशन हुने बर्ष भन्दा ४ वर्ष अगाडीको कार्य सम्पादन मुल्यांकनको अनुपात निकालिन्छ जुन प्रमोशनको समयमा बढुवा समितिले मात्र हेर्न सक्ने गरी सिलबन्दी गरी राखिएको हुन्छ र बढुवा समितिले अधिकतम ७.५ नं.उम्मेद्वारको कार्यदक्षता, कार्यकुशलता ,ब्यबसायिकता हेरी दिन सक्दछन र त्यस समितिको अध्यक्ष प्रहरी महानिरीक्षक, सदस्य गृह मन्त्रालयका सह सचिब र प्रप्रकाको अतिरिक्त महानिरीक्षक वा नायब महानिरीक्षक रहेको बढुवा समितिले उल्लेखित आधारमा मूल्यांकन गरी न्युनतम २ र अधिकतम ७.५ नं.दिन सक्ने प्रहरी नियमावलीको ब्यबस्था भए अनुसार प्रमोशन गर्ने प्राबधान विद्यमान छ ।

एक प्रहरी अधिकृतका अनुसार मुल्यांकन प्रणाली यस्तो प्राबिधिक बनाईएको छ कि बढुवा समितिले ७.५ अंक मात्र अधिकतम दिन सक्ने हुन्छ । प्राय फिल्डमा खटिएका प्रहरी अधिकृतहरु सँग निजको तत्कालिन कमाण्डरको सोच र शैली नमिलेको खण्डमा उसले ४० अंकमा न्युनतम २५ अंक सम्म राख्न सक्दछन् तर कार्यालयमा काम गर्ने बढुवा प्रक्रिया कसरी हुन्छ भन्ने जानकारी भई राखेका अधिकृतहरुले ४० मा ४० अंक राखि वा राख्न लगाई बसेका हुन्छन् र पुनरावलोकन समितिले दिईने चुनौती बापतको अंक समेत केन्द्रमा रहने प्रहरी महानिरीक्षक यदी पुर्वाग्रही भएमा ब्यबसायिक प्रहरी अधिकृत पछाडी पारिन सक्छन् ।

बिगतमा हचुवाको भरमा सुनियोजित रुपले ब्यबसायिक प्रहरी अधिकृतलाई नेतृत्व नपाउँन भन्ने मनसाय राखि ब्यबसायिक अधिकृतकहरुलाई पछाडी पार्ने सुनियोजित कार्य नालायकी नेतृत्वले गरेता पनि बर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल (जसलाई फिल्डको राम्रो अनुभव र फिल्डका बाध्यता र विबशताको बारेमा राम्रो दक्षता छ )ले ब्यबसायिक अधिकृत जसले जिल्लामा रहेर राम्रो ब्यबसायिकता प्रदर्शन गरेका थिए र उनीहरुलाई बिगतको नेतृत्वले प्रमोशन नगर्ने नियतका साथ नम्बर दिदै आएका थिए ।  तिनीहरुलाई प्रमोशनबाट कुनै पनि हालतमा बन्चित गर्न नहुने स्पष्ट अडान राखि बढुवा गराउन सफल भएको बताए ।

यस्तो मुल्यांकन पद्धतीका कारण बाहिर राम्रा देखिने अधिकृत समेत एकाध नम्बरिङ्गमा पछाडी परेता पनि उनीहरुलाई प्रमोशन बाटै बन्चित गरिने जुन पुर्व योजना थियो, बर्तमान प्रहरी महानिरीक्षकको चलाखी पुर्ण कदमले उनीहरु एसपी बन्न सफल भएका छन्।  अबका दिनमा तिनीहरु अझ बढी व्यबसायिक काम गर्ने छन् जसले गर्दा पुन अगाडी आउन सक्ने अपेक्षा गरिएको बताईन्छ । निकम्मा नेतृत्वले थला थला पारेको प्रहरी संगठनलाई ट्रयाकमा ल्याउदा यदाकदा असन्तुष्टी देखिए पनी समग्र रुपमा ब्यबसायिक अधिकृत बढुवा प्रक्रियाबाट बन्चित हुनबाट बचेका छन् । केही अधिकृतहरुलाई ल्याउन चाहदा समेत प्राबिधिक कारणले ल्याउन नसक्ने बनाईएकोले ल्याउन असमर्थ भएको समेत बताईन्छ। पहिला जुन अधिकृतहरु अग्र पक्तिमा थिए, तिनीहरुलाई अग्रपक्तिमै आउनु पर्ने वा ल्याईनु पर्ने कल्पना प्रहरी नियमावलीले गरेको छैन ।

४ बर्षे कार्य सम्पादनमा आधारित भएर जसको नं. बढी आउछ उसैलाई अगाडी ल्याउने पारदर्शी बढुवा प्रणाली बर्तमान प्रहरी नियमावलीमा छ । पुर्व प्रहरी नेतृत्वले उठ्नै नसक्ने गरी नम्बरिङ्गमा पछाडी पारिएका केही प्रहरी अधिकृतहरुलाई बर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले आफु सँग भएको ७.५ नं. दिदा समेत आउन नसकेको विश्वस्त स्रोतले बतायो। तर ब्यबसायिक प्रहरी अधिकृत बढी भन्दा बढी आउने गरी प्रहरी महानिरीक्षकले बढुवा समितिलाई कन्भिन्स गर्न सकेका कारणले मात्र समग्र समग्र रुपमा योग्य अधिकृत आउन सफल भएको एवं मूल्यांकन राम्रो भएको प्रहरी प्रधान कार्यालयमा चर्चा छ भने जो अधिकृत प्रमोशनमा परे उनीहरुले अहिले वास्तावीकता बुझ्दै जादा आफुलाई भाग्यमानी सम्झिएका छन् । यदी बिगतको जस्तै नेतृत्व भएको भए आफुहरु छुट्ने कुरामा अहिले आएर उनीहरु कन्भिन्स भएको बताईन्छ ।

तसर्थ आशा गरौ कामले आफ्नो नेतृत्व स्थापित गर्न सफल बर्तमान प्रहरी महानिरीक्षकले अबको केही समयमै भद्रगोल अवस्थामा पुगी सकेको प्रहरी संगठनलाई ट्रयाकमा ल्याउने छन र एक प्रणालीको बिकास गरी सेवा बिशिष्टीकरणमा ध्यान दिई मूल्यांकन प्रणाली समेत पारदर्शी बनाउने छन्, नकि आफुलाई मन नपर्दा साथ ब्यबसायिक अधिकृतको घाटी निमोठ्न नसकियोस् ।

प्रहरीका काम कारबाहीले सरकारको नीति नियमहरुलाई कार्यान्वयन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने र ब्यबसायिक प्रहरी अधिकृतहरुले राम्रो भुमिका पाएमा र उनीहरुको मनोबल उच्च राख्न सकिएमा सरकारले लिएको सुशासन, समृद्धी र विकासको नीतिमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुदा कामले स्थापित भएका र बिगतमा जनताको वाहिवाही पाउदै आएका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरी संगठनको समेत शुद्धीकरण गरी सरकारको काम कारबाहीमा होस्टेमा हैसे मिलाई जनतालाई सुशासन दिनको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने छन् र आम नागरिकले शान्तिसुरक्षा र अमनचयनको अनुभुति गर्न पाउने छन् । (शूस्मा राई,जनता टाइम्स )

Comments

Top