अपराध गर्ने जो कोहीलाई कानुनी कठघरामा उभ्याइन्छ : आईजीपी

igp sarbendra khanal

   कलैया । नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने बताएका छन् । अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताउँदै उनले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य भएको दावी गरे ।
बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले भने–‘अपराधीहरुको कुनै जात र धर्म हुँदैन हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्नुस् ।’ कार्यक्रममा बोल्दै उनले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको पनि बताए ।

कार्यक्रममा बारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनोद साहले कलैयाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै २०७२ सालमा पाँचवटा सिसी क्यामरा जडान गरिएकामा तराई मधेशको आन्दोलन ताका आन्दोलनकारीले तोडफोड गरेकाले सुरक्षामा केही जटिलता आएको जानकारी गराए । नगरभित्र ६४ वटा सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको भए पनि करीब रु २२ लाख ५० हजारको लागतमा ३२ वटा सिसी क्यामरा जडान गरिएको उनको भनाई थियो ।

Comments

Top