म्याद सकिनु अघि हत्या र तस्करीका नाइके अग्रवालको घरमा छापा, अझै भेटिएन सुन

mkagrawal (2)

 काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका योजनाकार एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । सुन तस्करीको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले शुक्रबार उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको  छ । 

 छापा मार्ने क्रममा समितीको टोलिले  सुन बोक्ने ज्याकेट सहित  बा १० च २८२ नम्बरको गाडी पनि  बरामद गरेको  छ । सनमको हत्या लगत्तै फरार अग्रवाल भने भारतमा लुकेर बसेको आशंका गरिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

 अग्रवाल पत्नीसमेत घरमा ताला बन्द गरेर भारततिर लागेको बताइएको छ । भुजुङ र चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी सुरु गरेका एमके अग्रवाल समूहले बैङ्कक र दुईबाट सुन ल्याउने गर्थे । सुन तस्करीका भरिया सनम शाक्य हत्या र सुन तस्करी मुद्धामा अहिले प्रहरीका वरिष्ठ अधिकारीहरु पनि पूर्पक्षका लागि जेलमा छन् । मोरङ जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । समितिले अनुसन्धानको काम गरिरहे पनि  जेठ मसान्तमा म्याद सकिदैछ । तर, समितिले तस्करीको साढे ३३ किलो सुन र यसका मुख्य अभियुक्तहरुलाई पक्राउ गर्न सकेको छैन ।

Comments

Top