मेलम्ची खानेपानी आयोजनामा ठेकेदारको लुट

melamchi

 काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीले सरकारी निर्माण सामग्री सित्तैमा प्रयोग गर्दै आएको छ। सन् २०१३ मा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता तोडेपछि स्वतः सरकार मातहत आएका रेल (माटो बोक्ने),बिस्फोटक पदार्थ, जेनेरेटर, स्टीललगायतका दर्जन भन्दाबढी निर्माण सामग्री भाडा नतिरी प्रयोग गरिरहेको हो।

सिआरसीसी हटेपछि सोही वर्षदेखि इटालीयन कम्पनी सीएमसीले मेलम्चीको ठेक्का पाएको थियो। पाँच वर्ष बित्न लाग्दा पनि सीएमसीले कुनै सामग्रीको भाडा तिरेको छैन तर उसले सम्झौतामा उल्लेख नभएका कामको भने सरकारबाट रकम असुलिरहेको छ।

 आयोजनाको काम १० प्रतिशत बाँकी रहँदा सीएमसीले भूकम्प, नाकाबन्दी, भूकम्पले चर्किएको डाँडो तीन गुणा बढी काट्नुपर्ने आदि कारण देखाउँदै पाँच सय ४० दिन थप गर्नुपर्ने र एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्तिबापत मागेर डेढ महिनादेखि काम ठप्प पारेको थियो। रकम दाबी गरेपनि शुक्रबार बसेको डिस्प्युट बोर्डको सुनुवाईमा भने दुई सय ९० दिनको मात्र दाबी पुष्टि गर्न सीएमसीले सकेको छ। (अन्नपूर्ण)

 

Comments

Top