प्रदेशका प्रहरीलाई आईजीपीको निर्देशन- बालबच्चा र श्रीमतीलाई गर्ब हुने काम गर्नुस्

pradeshpolice

  जनकपुर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले श्रीमतीलाई गर्ब हुने काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। प्रदेश प्रहरीले आयोजना गरेको सम्बोधन तथा निर्देशन कार्यक्रममा आईजीपी खनालले प्रहरीको मर्यादा भित्र बसेर काम गर्न निर्देशन दिए।

  बाहिर यस्तो काम गर्नुस् कि घरमा जाँदा बालबच्चा र श्रीमतीलाई तपाईं माथि गर्ब होस्,उनले भने,'जब अरुले तपाईं माथि गर्न थाल्छन,तब सोच्नुस् तपाईं ब्याबसायिक प्रहरी हो।' प्रदेश २ सुरक्षा दृष्‍टिले अति संबेदनशिल रहेकाले अझै सक्रिय भएर काम गर्नु पर्ने उनको भनाइ थियो । यसअघि शुक्रबार संघीय प्रहरी कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा आईजीपी खनालले  प्रहरीलाई देखेपछि अपराधीको मन थररर काप्नुपर्ने बताएका थिए।   

Comments

Top