प्रचण्डका घरधनी ठेकेदारलाई कारवाही गर्न गृहमन्त्रीमाथि दबाब

Prachand

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरधनी शारदा अधिकारीमाथि कारवाही गर्न गृहमन्त्री राम बहादुर थापालाई नैतिक दबाब परेको छ । अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कारबाही गर्ने फाइल गृहमन्त्रालयमा पुगेको छ ।

भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० आयोजनाका छ ।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो ।
अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यिहि असार मसान्तमा सकिँदै छ ।
गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले यो विवरण पठाएको हो ।

त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले दुईवटा योजना समयमा नसकेको पाइएको छ ।

विष्णु लामाको वल्र्डवाइड–विष्णु जेभी कन्स्ट्रसकन र सञ्जीव शाहको शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सनले एक–एकवटा योजना ओगटेर समयमा सम्पन्न गरेका छैनन् ।

श्यामकुमार श्रेष्ठसहित तीनजनाका कम्पनीले मनोहरा पुल–इन्द्रायणी सााखु सडक योजना अलपत्र पारेको प्रशासनको विवरणमा छ ।

Comments

Top