ठूलो परिमाणमा लागूऔषधका साथ चार युवासहित मानव खप्पर बेच्ने दुई जना पक्राउ

lagu aausad and khappar

   काठमाडौं । प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध सहित चार जनालाई र चिहानमा गाडिएको मान्छेको शवलाई उत्खनन् गरेर खप्पर किनबेच गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शनिवार काठमाडौँका ३१ वर्षीय सुनिल श्रेष्ठ, रविन्सन महर्जन, २४ वर्षीय रविन शाही र काभ्रे रोसी गाउँपालिका वडा नम्बर ११ का ३० वर्षीय राजकुमार तामाङलाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो। त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिल ठकुरको नेतृत्वमा खटिएको टोलीले बौद्धबाट मान्छेको खपटासहित निमा तामाङ र छिरिङ तामाङलाई पक्राउ गरेको छ ।

लागूऔषधको कारोबार गर्नेहरुको साथबाट प्रतिबन्धित लागू औषध डाइजाल्याप १२७ थान, नुफिन १०२ थान, फेनारागन २९८ थान बरामद गरिएको प्रहरीले जनाएको छ भने निमा र छिरिङको साथबाट मानव खप्पर फेला परेको प्रहरीले जनाएको छ । परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले सुन्दरीजलको चिहानबाट खनेर खप्पर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उक्त मानव कंकाल (खप्पर) लाई धार्मिक कार्यमा प्रयोग गर्नका लागि भन्दै ७ लाख रुपैयाँमा विक्री गर्न लागिएको पनि बताइएको छ ।

Comments

Top