विश्वकपको पूर्वसन्ध्यामा सांसदले नै बीआईसीसीको पानी ट्याङ्कीलाई फुटबल बनाउन भनेपछि...

birod

   काठमाडौं । फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन तीन दिन मात्र बाँकी छ । हुनत नेपालले अहिलेसम्म विश्वकपमा सहभागिता जनाउने अवसर पाएको छैन । तर, विश्वकपलाई नेपालले कसरी समर्थन गर्ने भन्ने विषयमा संसद भवनमा समते चर्चा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले संसदको आइतबारको बैठकमा बोल्दै नेपाल सरकारले बाहिरै बसेर भएपनि विश्वकपमा सहभागिता जनाउनु पर्ने प्रस्ताव राखेका छन् । उनले भने –‘हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ सम्माननीय सभामुख ज्यू, फुटबल जस्तो गोलो चिटिक्क परेको । यसो हेर्दा वर्ल्डकप जस्तो पनि छ । त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक, सुहाउँदो र नेपालको सहभागिता पनि हुन्छ ।’

Comments

Top