ट्रम्पसँग वार्ता गर्न किम सिंगापुरमा

kim_1

   काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उनी सिंगापुर गएका हुन् । एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए ।

किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । दुई नेताबीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।

Comments

Top