बैध हतियारमार्फत अबैध धन्दा गर्ने एसएसपीको फन्दामा, चार जनाबाट अत्याधुनिक हतियार बरामद

hatiyar

 काठमाडौं । प्रहरीले काठमाडौँका चार जना व्यक्तिबाट हतियार खोसेको छ । महानगरीय अपराध अमहाशाखाले म्यानपावर व्यबसायी रघु पुरी, मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ, गुण्डा नाइके काजी शेर्पा र बलराम सापकोटाबाट हतियार बरामद गरेको हो । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई हतियार राख्न ईजाजत दिएको थियो ।

 महाशाखाले उनीहरुले राखेका हतियारको इजाजत रद्द गरी आइतबार बरामद गरेको हो । आपराधिक पुष्ठभूमिबाट गुज्रिरहेका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरुपयोग हुनुको साथै सुरक्षामा चुनौति थपिएको थियो ।  प्रहरीको सूचीमा लुटेरा हुँदै गुण्डागर्दीबाट व्यापारी तथा ठेकेदार बनेका काजी शेर्पाले अत्याधुनिक हतियार राख्दै आएका थिए । काभ्रे घर भई हाल राजधानीस्थित सिफल बस्ने वीरेन्द्रलाल श्रेष्ठले भने जीएसजी–५ नामक हतियार बोक्ने गरेका थिए । श्रेष्ठ अवैध तरिकाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएका व्यक्ति हुन्

 । सहकारीको नाममा श्रेष्ठले अहिले मिटर व्याजको धन्दा चलाउँदै आएका छन् । नेपाल प्रहरीका उच्च प्रहरी अधिकृतको रुपैंया श्रेष्ठले सस्तो ब्याजमा लिएर क्यासिनोका दलाल, जुवाडे र घर जग्गाको व्यावसायीहरूलाई मिटर ब्याजमा लगानी गर्ने गरेको स्रोतले बतायो । द रिभर ओभरसिजका संचालक पुरीसँग जीएसजी–५ हतियार थियो । 

  काठमाडौँमा अझै पनि कतिपय व्यक्तिसँग हतियार छ । उनीहरुले इजाजत लिएर हतियार राखे पनि त्यो गलत रुपमा प्रयोग भएको प्रहरीको आशंका छ । यसो त यसअघि पनि बैध रुपमा राखेका हतियार अबैध तरिकाले प्रयोग गरेको अबस्थामा फेला पर्ने गरेको थियो । अवैध तरिकाले असुलेको रुपैयाँबाट नवधनाड्यको सूचीमा रहेका एकान्तकुनाका महेशबहादुर सिंहसँग प्रहरीले तीन वर्षअघि ईजाजत प्राप्त ६ थान हतियार बरामद गरेको थियो । त्यस्तै त्यही बर्ष शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत र चार बर्षअघि बालाजुबाट पक्राउ परेका तत्कालिन माओवादी कार्यकर्ता यमबहादुर कार्कीलाई राज्यले हतियार राख्ने ईजाजत दिनुपर्ने कारण थिएन । यी सबैका हातबाट प्रहरीले अवैध रुपमा प्रयोग भएको वैध हतियार नियन्त्रणमा लिएको थियो ।

 दुई बर्षअघि ललितपुर प्रहरीले पक्राउ गरेको गुण्डा नाईके बाबु थापाको साथबाट समेत प्रहरीले ईजाजत भएकै हतियार बरामद गरेको थियो । थापाले हतियारको आडमा ठेक्कापट्टा कब्जा गर्दै आएको खुलासा भएको थियो । हतियारको ईजाजत लिएर अवैध धन्दा चलाउने यि त केही पात्र मात्र हुन्, जो प्रहरीको नजरबाट बच्न सकेनन् ।

 ठूलो संख्यामा नेपालमा भित्रिएका जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिएर अवैध धन्दा चलाउने गिरोह राजधानीमा सक्रिय छ । जीएसजी–५ नामक अर्धस्वचालित हतियार बोक्नेहरूमा क्यासिनोमा नेपाली जुवाडेलाई लगानी गर्ने, क्यासिनोमा टेबुल चलाउने, चर्को ब्याजमा ऋण लगाएर सर्वसाधारण र व्यापारीको उठिबास गराउने, गुण्डागर्दी गर्ने देखि बैंकर र व्यापारी तथा नेपालको बरिष्ठ प्रहरी अधिकृतसम्म रहेका छन् । जीएसजी–५ नामक अर्धस्वचालित हतियारको लाईसेन्स लिनेमा बैंकर किशोर महर्जन र ज्योति पाण्डे छन् ।  पछिल्लो केही बर्षयता वैध हतियार देखाएर अवैध उद्देश्य पूरा गर्ने लहर राजधानीमा छाएको छ । महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले कानुनी प्रक्रिया पुर्याएर हतियार लिई गैरकानुनी धन्दामा सँलग्न अन्य व्यक्तिहरु पनि चाडै नै प्रहरी कारवाहीमा पर्ने वताए ।

Comments

Top