गोरे, एसएसपी खत्री, गुरुङ र उनका सालो डा. डेविट काठमाडौंमा

gore 2

   काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका चार जना अभियुक्तलाई काठमाडौं ल्याइएको छ । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिका चुडामणि उप्रेती उर्फ गोरे एसएसपी श्याम खत्री, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई आज काठमाडौं झिकाइएको हो ।

पूपक्र्षका लागि थुनामा रहेका उनीहरुलाई जिल्ला अदालत, मोरङले काठमाडौं लैजान अनुमति दिएपछि बिराटनगरबाट सोमबार बिहान काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ ।

विभागले उनीहरुलाई काठमाडौं ल्याएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने बताइएको छ । १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् ।

भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए । त्यस्तै, पक्राउ परेका प्रहरी अधिकारीहरुमाथि भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको अख्तियारका एक अधिकारीले बताए ।

Comments

Top