गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार

goli

 काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर यूएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली चलाएको छ  । लामाले प्रहरीलाई आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी कारवाहीमा गोली चलाएको बुझिएको छ  । उनी काभ्रेली गुण्डा नाइके दाबा लामाका सहयोगी हुन । लामामाथि  ज्यान मार्ने उद्योग र अन्य सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो ।  लामा चन्दा आतंक , धम्क्याउनेलगायत कार्यमा संलग्न रहेका  थिए  ।   उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए  । 

गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्कान्टरमा मृत्यु भएपछि राजधानीमा सक्रिय गुण्डाहरुको खोजी शुरु भएको थियो  । 

Comments

Top