एक सय ५० भन्दा बढी ठेकेदारको बैंक खाता रोक्का, प्रचण्डका घरधनीलाई जोगाइयो

Prachand

 काठमाडौं । समयमा निर्माण कार्य सम्पन्न नगरेको र निर्माण कार्य गुणस्तरीय नगरेको भन्दै सरकारले निर्माण व्यवसायीहरुको बैंक खता रोक्का गरेको छ । हालसम्म एक सय ५० भन्दा बढी निर्माण व्यवसायीहरुको बैंक खाता रोक्का गरिएको छ । सरकारले सोमबार कैलालीका १७ निर्माण व्यवसायीको बैंक खाता रोक्का गरेको छ ।

 सरकारले निर्माण व्यवसायीको नाममा सूचना प्रकाशित गरि कर तिर्न बोलाएको छ । यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरधनी शारदा अधिकारीमाथि कारवाही गर्न गृहमन्त्री राम बहादुर थापालाई नैतिक दबाब परेको छ । अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कारबाही गर्ने फाइल गृहमन्त्रालयमा पुगेको छ ।

 भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । उनको बैंक खाता भने रोक्कका भएको छैन । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो । चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ ।

 तेस्रोपटक थपिएको म्याद पन यिहि असार मसान्तमा सकिँदै छ । अधिकारीले प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएएर कारवाहीबाट जोगिँदै आएका छन्  ।

Comments

Top