लिङ्कन युनिभर्सिटी मलेसियाको दिक्षान्त समारोह सम्पन्न

lincoln

   काठमाडाैं । लिङ्कन युनिभर्सिटी कलेज, मलेसियाले नेपालमा आफ्नो दोस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । जेठ २६ गते शनिबार हेरिटेज गार्डेन सानेपामा आयोजित दिक्षान्त समारोहमा तीन सय जना विद्यार्थीहरु दिक्षित भएका थिए । मलेसियामा रहेको लिङ्कन युनिभर्सिटीसँग नेपालका १२ वटा कलेजहरुले सम्वन्धन लिएका छन् ।

सम्वन्धन लिएका कलेजहरुले बिबिए, बिएचएमर एमबिएप्रोग्राम सञ्चालन गर्दै आएका छन् । दिक्षान्त समारोहमा बोल्दै पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले गुणस्तरिय शिक्षा प्राप्त गर्नु हरेक विद्यार्थीको अधिकार रहेको बताए । बदलिँदो विश्व परिवेशकाकारण अन्तर्राष्ट्रिस्तरको शैक्षिक सिकाई हरेक राष्ट्रको शैक्षिक आवश्यकता बन्दै गएको तर्फ इंगित गर्दै मन्त्री शर्माले लिंकन युनिभर्सिटीबाट उत्पादीत जनशक्तिले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास ब्यक्त गरे ।

दिक्षान्त समारोहमा बोल्दै विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर गणेशमान गुरुङले आफ्नै घर परिवारमा बसेर अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्न पाउनु विद्यार्थीका लागि सुखद पक्ष रहेको बताए । गुरुङले शिक्षा प्रदायक सम्पूर्ण संस्थाहरुको जोड सेवा प्रदानमै हुनु पर्ने बताउँदै आफ्नो क्षेत्रगत मर्मलाई आत्मसात गर्दै ब्यवसायिकता भन्दा बढी सेवा भावमै केन्द्रित हुन समेत आग्रह गरेका छन् ।

सन् २००२ मा मलेसियामा स्थापित लिङ्कन युनिभर्सिटीको काठमाडौं, ललितपुर, बिर्तामोड, बिराटनगर, बुटवल, पोखरा, पाल्पा जस्ता शहरहरुका विभिन्न १२ वटा कलेजहरुले सम्वन्धन लिएको छन् । दिक्षान्त समारोहमा व्याचलरका १०० र मास्टर्सका २०० विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । समारोहमा लिङ्कन युनिभर्सिटीका प्रो चान्सलर डा. हजाबिबि फ्लोरिना अब्दुल्ला र भाईस चान्सलर डा. अमिया भौमिकको पनि उपस्थिति रहेको थियो । समारोहमा दश जना विद्यार्थीलाई डिन पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

Comments

Top