डोनाल्ड ट्रम्प र किम जोङ उनबीच संयुक्त दस्तावेजमा हस्ताक्षर (हस्ताक्षर गरेकाे पत्र सहित)

Trump-and-Kim-sign-on-Documents

   काठमाडौं । ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ। कोरियाली प्रायद्वीपमा शान्ति स्थापना र परमाणु हतियार मुक्त बनाउने विषयमा हस्ताक्षर भएको बताइएको छ।

दुवैबीच भएको हस्ताक्षरपछि ट्रम्पले छलफल कसैले पनि नसोचेको उपलब्धिपूर्ण भएको बताए। किम जोङ उनले विगतलाई पछाडि छोड्दै नयाँ सुरुवातका लागि हस्ताक्षर भएको बताएका छन्। उनले यो हस्ताक्षरले विश्व शान्तिका लागि नयाँ सुरुवात भएको बताए। ट्रम्पले यो प्रक्रिया धेरै छिटो छिटो भएको बताए। ट्रम्पले दुई नेताबीच धेरै महत्वपूर्ण विषयमा हस्ताक्षर गरिएको बताए।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए । दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

के छ संयुक्त दस्तावेजमा ?

donald and kimसमझदारी पत्रको पहिलो बुँदामा अमेरिका र उत्तर कोरिया दुबै देशका जनताको शान्ति र समृद्धिको चाहना अनुरूप नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन्।

दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने उल्लेख छ।

तेस्रो बुँदामा उत्तर कोरियाले सन् २०१८ अप्रिल २७ मा भएको पान्मुन्जोम घोषणा दोहोर्‍याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्ध जनाएको छ।

समझदारी पत्रको चौथो बुँदामा अमेरिका र उत्तर कोरियाले युद्धबन्दी/बेपत्ता खोजी र पहिचान भएकाहरूको आदानप्रदान प्रतिवद्धता जनाएका छन्।

समझदारी पत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेता किमले आफूहरूले बिगतलाई छोडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने बताए। राष्ट्रपति ट्रम्पले उत्तर कोरियामा आणविक निशस्त्रीकरण प्रक्रिया छिटै सुरू हुने बताए।

Comments

Top