नेविसंघद्वारा सरकारबिरुद्द प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन

nebisangh

 काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि बिरुद्द प्रदर्शन र नाराबाजी गरेको छ । नेविसंघले तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

 नेविसंघलेका नेता र कार्यकर्ताहरुले गोंगबु चोकमा सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धि फिर्ता गर, सुशासन कायम गर, जस्ता नारा लगाएका थिए ।नेविसंघका महामन्त्री कुन्दन काफ्लेकोको अगुवाइमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए ।

 शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रिय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेको उपस्थिती रहेको थियो ।

 

Comments

Top