कसले सकेट बम बिष्फोट गरायो अरुण तेस्रो आयोजनामा ?

saketbam (1)

 संखुवासभा । अज्ञात समूहले अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यलयमा सकेट बम बिष्फोट गराएको छ । संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित आयोजनाको प्रमुख प्रशासकीय कार्यालयलाई लक्षित गरी गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए । 

 उनले बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने बताए। आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा गत वैशाख १६ गते कम्पाउन्ड वालमै बम प्रहार भएको थियो । अहिलेसम्म दुईवटै घटनाको जिम्मा कसैले पनि लिएको छैन । बम फ्याँक्ने समूहको खोजी जारी रहेको जानकारी दिए ।

Comments

Top