सर्लाहीको हरिपुर्वामा एनआईसी एशिया बैंकको नयाँ शाखा

nicasiaa

 काठमाडौं। सर्लाहीको हरिपुर्वा गाँउपालिकामा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । मंगलबार हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायले नयाँ शाखाको उद्घाटन गरेका हुन ।

 अब बैंका मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 बैंकको वासलातको आकार १६६ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब ११८ अर्ब रुपैयाँ र कुलनिक्षेप करिब १४१ अर्ब रुपैयाँ पुगिसकेको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Comments

Top