जबर्जस्ती करणी अभियोगमा स्याल पक्राउ, युवतीमाथि कुटपिट मात्र गरेको स्यालका सहयोगीको भनाइ

syaldon

 काठमाडौं । बेला बेलामा पक्राउ पर्दै छुट्दै आएका काभ्रेली समूहका गुण्डा नाइके गुन्डा सञ्जिव लामा उर्फ स्याल जबर्जस्ती  करणी अभियोगमा पक्राउ परेका छन् । दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक रहेका लामाले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको प्रहरीले आरोप लगाएको छ  ।

 पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले वताए पनि स्यालले भने तलब नदिएर ति युवतीमाथि कुटपिट मात्र गरेको एक कर्मचारीले वताए । डिएसपी दानबहादुर मल्लले चर्चा कमाउन कुटपिटलाई जबरजस्ती करणी गरेको भन्दै मिडियामा बोलेको स्यालका एक सहयोगीले आरोप लगाए ए । पछिल्लो समयमा गुण्डागर्दी छाडेर स्यालले रेस्टुरेन्ट व्यबसायमा हात हालेका थिए ।  

Comments

Top