ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने राधे समूहका दुई जना पक्राउ

radhe gunda

   काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीको ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले काभ्रे देउराली ८ घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीेले उनीहरुको साथबाट एक थान रिभल्वर र खुकुरी बरामद गरेको छ । उनीहरू प्रहरी इन्काउन्टरमा मारिका गुण्डा नाइके दिनेश अधिकारी उर्फ चरीको समूहबाट छुटेर अर्कै समूह खडा गरेको गुण्डा नाइको राधाकृष्ण भण्डारी उर्फ राधे समूहको रहेको खुलेको छ । उनीहरुले राधेकै नाममा ठमेल, ज्याठा क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीहरूलाई डर त्रास देखाई रकम असुल्दै हिँड्ने गरेको प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई बुधबार राती पक्राउ गरेको हो ।

थापाले राधे समूहमा रहेको तथा हाल आफू ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने बयान दिएका छन् भने गुरुङले इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको वयान दिएका छन् ।

Comments

Top