एसपी र डिएसपीमा बढुवा भएका अधिकृतहरुलाई आइजीपी खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान

darjani

 काठमाडौं । प्रहरी महानिरीक्षक (अाईजीपी ) सर्वेन्द्र खनालले प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

 प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका २७ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका ४९ जना तथा नयाँ नियुक्त प्रहरी निरीक्षक ७५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । पदोन्नती भएका मध्ये एकजना प्रहरी उपरीक्षक तथा ६ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् ।

सो अवसरमा अाईजीपी खनालले संगठनप्रतिको समर्पण एवं कार्यक्षेत्रमा उनीहरुले पुर्याएको योगदान,अनुशासन र उत्कृष्ट व्यावसायिकताको उच्च मूल्याङ्कन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

 अाईजीपी खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिए।

 अाईजीपी खनालले अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई राष्ट्र र नागरिकको हितमा सधैं कृयाशिल रहन निर्देशन दिए । कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Comments

Top