अपराध महाशाखाको एम्बुसमा दुई लुटेरा ,पेस्तोल देखाउँदै हात खुट्टा बाँधेर लुटेका थिए

lutera

 काठमाडौं । महानगरिय अपराध महाशाखाले पेस्तोल देखाएर हात खुट्टा बाँधी लाखौंको धनमाल लुटेर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

 गत १० माघमा भक्तपुरको सूर्यविनायक–८,गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा प्रवेश गरी पेस्तोल र खुकुरी देखाएर हात खुट्टा डोरीले बाँधी १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको सामान लुटपाट गर्ने टोकल भनिने रोहितबहादुर थापा र अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ पक्राउ परेका हुन ।

 २९ वर्षीय टोकल रामेछापको दोरम्बा–३ घर भएका हुन ४२ वर्षीय अदिप सिन्धुपाल्चोकको मेलम्ची–१ का हुन । ललितपुरको भैंसेपाटी र जवालाखेलबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुले सुनका विभिन्न गरगहना, मोबाइलसहित करिब १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको सामान लुटपाट गरेका थिए ।

 

Comments

Top