विश्वकप फुटबल: अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै फ्रान्सको बिजयी सुरुवात

france

 काठमाडौं।  विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै  विजयी हासिल गरेको छ । दोस्रो हाफमा फ्रान्सका एन्टोनि गुरिजम्यानले ५८ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेको थिए । फ्रान्सका लागि ८१ औं मिनेटमा पउल पोक्वा दोस्रो गोल गरेका थिए। 

 खेलको पहिलो हाफमा अस्ट्रेलिया र फ्रान्सबिच कडा प्रतिष्पर्धा भएपनि कुनै  गोल भने हुन सकेन।  अस्ट्रेलियाका माइल जेडेनकले ६२ औँ मिनेटमा पाएको पेनाल्टी सुटले जाली चुमेको थियो ।  खेलमा फ्रान्सका एक जना र अस्ट्रेलियाका तीन जानाले पहेलो कार्ड पाएका थिए ।  फ्रान्सका कोरिनटिन टोलिसोले  पहेलो कार्ड पाएका थिए  भने अस्ट्रेलियाका माथियु लेक्की, जोसियु रिसडन  र अजीज बिएचले कार्ड पाएका थिए ।

Comments

Top