क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार

casinoplace

 काठमाडौं । होटल अन्नपूर्णले सर्बोच्च अदालतको आदेशलाई अटेर गर्दै फरक नाममा क्यासिनो सञ्चालन गरेर पुराना मजदुरहरुलाई पेल्न थालेपछि लफडा बढेको छ । चार बर्ष अगाडि बन्द भएको क्यासिनो नयाँ नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् ।

 सर्वोच्च अदालतले जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुराना कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई आधार बनाउँदै क्यासिनो प्यालेस पुगेका कर्मचारीको माग व्यवस्थापनले नसुनेपछि उनीहरु उनीहरु आन्दोलित भएका छन् । क्यासिनो प्यालेस सञ्चालनमा आएको तीन महिना भईसक्दा उनीहरुलाई व्यबस्थापनले काममा लगाएको छैन । राजश्व नतिरेको भन्दै तात्कालिन सरकारले २०७१ वैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो ।

 त्यसपछि क्यासिनो अन्नाका सञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति सञ्चालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो सञ्चालन गरेका छन् । नयाँ नामलाई आधार बनाई क्यानिसो सञ्चालकहरु कर्मचारीलाई सेवा सुविधा नदिई गुण्डा र प्रहरीलाई प्रयोग गरेर पेल्ने अभियानमा छन् । तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवले करोडौ रकम कमिशन लिएर होटल अन्नपुर्णलाई क्यासिनो प्यालेस संञ्चालनको अनुमति दिइएको थियो । 

 क्यासिनो प्यालेस बिनय शाहले सञ्चालन गरेपनि सर्वोच्च अदालतले होटल व्यवस्थापन पनि जिम्मेवार हुनुपर्ने आदेश दिंदा समेत उनले सुनेका छैनन ।  धर्ना बसेका मजदुरहरुलाई क्यासिनो व्यवस्थापनले दरबारमार्गका प्रहरी प्रमुखलाई प्रभाबमा पारी पेल्ने अभियान लिएको एक कर्मचारीले वताए ।  क्यासिनो व्यवस्थापनले गोप्य स्थानमा थुनेर धम्क्याउने गरेको पीडीत कर्मचारीले गुनासो गरेका छन् ।

 

Comments

Top