इद मनाउन आएका निर्दोषलाई प्रहरीले पक्राउ गरेको भन्दै स्थानियवासिन्दा आक्रोशित

edmub

 बीरगंज । इद मनाउन काठमाण्डौबाट बीरगंज आएका नसिमुल हक अन्सारीलाई इलाका प्रहरी कार्यालय सिमराले अनाहकमा पक्राउ गरी हिरासतमा लिएपछि स्थानिय वासिन्दा आक्रोशित भएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरिक्षक भुवन भट्टको कमाण्डमा खटिएको टोलीले पक्राउ पुर्जी विना नै बीरगंज महानगरपालिका वडा नम्बर ३२ निवासी नसिमुल हक अन्सारी लाई हिजो सांझ पक्राउ गरेको थियो ।

 इद मनाउन घरमा आएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने क्रममा विवाद भएपछि घरमा रहेका महिला, बालबालिकाहरुलाई समेत प्रहरीले कुटपिट गरि दुव्र्यवहार गरेको पिडित परिवारले बताएका छन् ।  नसिमुललाई किन पक्राउ गरियो भन्ने विषयमा निजको परिवारले सोध खोजगर्दा समेत प्रहरी निरिक्षक भट्टले आलटाल जवाफ दिने गरेको पिडितका भाई अमानुल हक अन्सारीले बताउनु भयो ।
नसिमुललाई पक्राउ गरेको विषयमा बुझन गएका संचारकर्मीहरुलाई समेत प्रहरी निरीक्षक भट्टले दुव्र्यवहार गरेका थिए ।

 प्रहरी निरिक्षकले पक्राउ गर्नुको कारण र मुद्दाको बारेमा बुझने अधिकार संचारकर्मीलाई नभएको भन्दै आफूले गृहमन्त्री र आईजिपीको फोन आएपनि कारण नखोल्ने चेतावनी दिएका थिए । नसिमुल विरुद्ध वीरगंज महानगरपालिका ३२ चोर्नीका अनिल श्रीवास्तवले ठगि मुद्दामा उजुरी दिएकै भरमा घटनाको वास्तविकतै नबुझी निर्दोष नसिमुललाई प्रहरी निरिक्षक भट्टले श्रीवास्तवको प्रभावमा परि पक्राउ गरेको पिडितका परिवारजनले बताएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भट्टले पैसाको प्रभावमा परेर निर्दोष व्यक्तिलाई फासाएको भन्दै ग्रामिण क्षेत्रका बासिन्दा आक्रोशित भएका छन् ।

 

Comments

Top