अघिल्लो पटकको विश्व विजेता जर्मनी मेक्सिकोसँग पराजित

mexico

   काठमाडौं । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा जर्मनी मेक्सिकोसँग १-० ले पराजित भयो ।मेक्सिकोका २२ नम्बर जर्सीवाला हिरभिङ लोजानोले खेलको ३५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

डिफेन्डिङ च्याम्पियनले पहिलो खेल जित्न नसकेको यो लगातार तेस्रो विश्वकप हो। सन् २०१४ मा नेदरल्यान्ड्स स्पेनसित ५-१ले र सन् २०१०मा इटाली पाराग्वेसित १-१ ड्रमा चित्त बुझाएको थियो।

Comments

Top