फेरि रोकियो गौतम बुद्ध विमानस्थलको काम, स्थानीय आन्दोलित

Gautam-Buddha-International-Airport

   काठमाडौं । निर्माणाधिन गौतम बुद्ध विमानस्थलको काम पुनः रोकिएको छ । समयमा मुआब्जा नपाएको भन्दै जग्गा अधिग्रहणमा परेका स्थानीय आन्दोलित भएपछि विमानस्थलका केही काममा अवरोध सृजना भएको छ । अधिग्रहणमा परेका स्थानीयहरुले सोमबार बिहान देखि निर्माणस्थलमा जम्मा भएर मुआब्जा वितरण सुरु नगरेसम्म काम संचालन हुन नदिने चेतावनी दिएका छन् ।

करिब साढे १७ सय किसानले मुआब्जा पाउनुपर्ने भए पनि अहिलेसम्म १२ प्रतिशतले मात्र पाएको उनीहरुको दाबी छ । डेढ वर्षदेखि मुआब्जा नपाएको र आफ्नो जग्गा बैंकमा धितो राखेर ऋण लिन पनि नपाएको उनीहरुको गुनासो छ । हरेक बस्तुमा मूल्यबृद्धि भइरहे पनि आफुहरुले तीन वर्ष अघिको मुल्यांकन अनुसार जग्गा अधिग्रहण गरेको भएकाले त्यसमा पूर्नमुल्यांकन हुनुपर्ने उनीहरुको माग छ ।

Comments

Top