नेइमार स्वीट्जरल्याण्डका खेलाडीको निसानामा पर्दा ब्राजिल प्रभावित

neymar

    काठमाडौं । विश्वकप फुटबल २०१८ को पहिलो खेलमा आइतबार ब्राजिलका स्टार स्ट्राइकर नेइमार जेआर विपक्षी खेलाडीको निशानामा पर्दा ब्राजिलको खेल नै प्रभावित बन्यो । स्वीट्जरल्याण्डले उपाधिको दावेदार माथिएको ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको छ ।


९० मिनेट खेलेका उनीमाथि विपक्षी खेलाडीले १० पटक फउल गरेका हुन् । यो विश्वकप फुटबलको कुनै एक खेलमा एक खेलाडीमाथि भएको फउल रेकर्ड हो । यसअघि १९९८ मा इंग्ल्याण्डका एलन शीयरमाथि ११ पटक फउल भएको थियो ।

पहिलो हाफमा ब्राजिलका कुन्टिन्होले २० मिनेटमा गोल गर्दै अग्रता कायम गरेपनि दोस्रो हाफमा स्वीट्जल्याण्डका जुबरले ५० मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको हो।बराबरीपछि निक्कै आक्रमक खेल भएको भएपनि दुबै पक्ष थप गोल गर्न असफल रहे। स्वीस खेलाडीको तारो बन्नाले नेयमारले खेलमा चम्कन सकेनन्।

Comments

Top