भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे मुक्तिनाथको प्रचार

modi

    काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि भइरहेको योग अभ्यासलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको प्रचार गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गर्दै ‘वन्डरफूल’ लेखेर मुक्तिनाथको प्रचार गरेका हुन् ।

पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा २९ वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन गरेका थिए । मोदीले सोमबार फेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट पनि मुक्तिनाथ मन्दिर अगाडि १२ हजार ५ सय फिटको उचाइमा गरिएको योगको फोटो र भिडियो सेयर गरिएको छ । मुक्तिनाथ हिन्दु र वौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । हिन्दुका चार धाममध्ये मुक्तिनाथ र पशुपतिनाथ नेपालमा पर्दछन् भने वद्रिनाथ र केदारनाथ भारतमा पर्दछन् ।

Comments

Top