आईजीपीको सह्राहनीय कार्य, लामो समय एकै ठाउँमा राज गर्ने सईहरुको सरुवा

  Nepal-Police-Logo

  काठमाडौं । लामो समयपद्धि नेपाल प्रहरीका ११०१ जना प्रहरी नायब निरिक्षक(सई) हरुको सरुवा भएको छ । लामो समयसम्म एकै ठाउमा बस्ने र सिन्डिकेट चलाउने सईहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । निकै आकर्षक मानिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २० बर्ष भन्दा लामो समय काम गरेका सम्पूर्ण सईहरुको समेत सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अन्य बिभागहरुमा ५ बर्ष देखि २० बर्ष सम्म एकै ठाउँमा बसेर राज गरिरहेका सईहरुको पनि सरुवा गरेर आईजीपी सर्वेन्द्र खनालले एक उदाहरणीय कार्य गरेका छन ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५० जना डिएसपीहरुको पनि सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो। आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरूवा सूची हेर्न यहाँ क्लिक गर्नुहाेस्

https://nepalpolice.gov.np/images/documents/SI_Saruwa_-2075-03-03.pdf

Comments

Top