डलर देखाएर लुट्ने समुहका नाइकेमाथि अपराध महाशाखाको टोलीद्वारा गोली प्रहार

goliprahar

 काठमाडौँ । डलर देखाएर लुट्ने समुहका नाइकेले प्रहरी माथि नै आक्रमण गरेपछि प्रहरीले गोली प्रहार गरी  नियन्त्रणमा लिएको छ। घटना काठमाडौँको बौद्धस्थित मुलपानीको हो ।

 महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर डलर साट्न भनि बोलाई हात हतियार तथा पेस्तोल देखाएर लुट्ने गिरोहका नाइके खुँडे भन्ने अम्बर बहादुर तामाङ  घाइते भएका छन् । खुट्टामा गोली लागेका उनलाई उपचारका वीर अस्पताल लगिएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली २ राउण्ड, अमेरीकन डलर १२०० र डलर साट्न प्रयोग गर्ने कागजको विटा थान -८ समेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उनले गत जेठ २४ गते ताप्लेजुङका बिरेन तामाङलाई सस्तोमा डलर साटिदिने भन्दै इन्द्रायणीमा भेट्न बोलाएर १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए।

 त्यस्तै कपन संयुक्तपार्क स्थित एकान्त ठाँउमा पारी जिल्ला ताप्लेजुङ फुललिङ–का राजकुमार बाँनियाको ४ लाख ९० हजार रुपैयँँ लुटेका थिए। तामाङले भक्तपुरको सुयबिनायक जंगलमा स्याङजा चापाकोट– १४ घर भएका राज भण्डारीको ८ लाख पनि हतियार देखाएर लुटेका थिए ।

 तामाङ विगतमा पनि पक्राउ परी छुट्दै आएको र खोजी गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिन प्रहरीतर्फबाट दाहिने खुट्टामा २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए ।

Comments

Top