विश्वकप फुटबल : ब्राजिल कोस्टारिकाबीचको प्रतिस्पर्धा रोचक हुने

brazlc

 काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शुक्रबार ब्राजिलले कोस्टारिकासंग प्रतिस्पर्धा गर्दै छ । ब्राजिललाई विश्वकपको अर्को चरणमा पुग्न यो खेल निकै महत्वपूर्ण रहेको छ । पहिलो चरणको खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसंग २–२ गोलको बराबरी खेलेको थियो । शुक्रबारै राति ११ः४५ बजे सर्बियाले स्वीट्जरल्याण्डसंग खेल्नेछ ।

 ब्राजिलको १ अंक मात्र छ भने स्वीट्जरल्याण्डको पनि समान अंक छ । सर्बियाले ३ अंक बटुल्दा कोस्टारिका अंकविहिन छ । शुक्रबारको दोस्रो खेलमा समुह डी बाट राति ८ः४५ बजे नाइजेरिया र आइसल्याण्ड खेल्नेछन् । यो समुहबाट ६ अंकसहित क्रोएसिया राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने आइसल्याण्ड र अर्जेन्टिनाको १–१ अंक छ ।

 

Comments

Top