नक्कली डाक्टर र पाइलटपछि नक्कली टुरिष्ट गाइडहरु सिआइबीको फन्दामा

cibpolice

 काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले नक्कली टुरिष्ट गाइडहरुलाई पक्राउ गरेको छ । नक्कली  डाक्टर, इन्जिनियर र पाइलटलाई कारवाही गरेको सिआइबीले पछिल्लो समयमा  ६ जना नक्कली गाइडलाई पक्राउ गरेको छ।

   नेपाल सरकारको पर्यटक पथ प्रर्दशक हुन स्नातक तह पास गर्नु पर्ने र बिदेशी भाषामा पोख्त हुनु पर्नेमा नक्कली सर्टिफिकेट पेश गरी नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानबाट चाईनिज भाषाको पर्यटक पथ प्रदर्शक अनुमतिपत्र लिई टुरिस्ट गाईडको रूपमा कार्य गर्दै आएका निल महर्जन, रमेश महर्जन, राजिप महर्जन, अमृत डंगोल, किशोर चौगुठी, माधव चालिसेलाई सिआइबीले पक्राउ गरेको हो। सिआइबीले उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही अघि बढाएको छ।

Comments

Top