अपराध महाशाखाको 'हिट लिस्टमा' यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा

donnaike

काठमाडौं । महानगरिय अपराध महाशाखाले गुण्डाहरुको सुची नै बनाएर अप्रेसन थालेको छ । गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई त उच्च निगरानीमै राखेको छ । दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामा पक्राउ परिसकेका छन् ।

  काभ्रेका त डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेश हातहतियार मुद्दामा पक्राउ गरिएको थियो भने अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो । चालचलनका आधारमा वर्गीकरण गरेर केही पक्राउ परिसकेका छन् । केही उच्च निगरानीमा छन् ।

 अशोक लामामाथि गोली प्रहार गर्नु र डनले लिएका लाइसेन्स प्राप्त हतियार जफत गर्नु यसका उदाहरण हुन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी नियन्त्रणप्रति प्रहरी आक्रामक ढंगले लागेको वताए  ।

 प्रहरी स्रोतका अनुसार पुराना गुण्डा नाइके  मिलन गुरुङ 'चक्रे' , सट्टेबाजीका नाइके काभ्रेली गुण्डा दावा लामा, प्रहरीले हतियार खोसेका गुण्डा काजी शेर्पा, ललितपुरका गुण्डा मिनकृष्ण महर्जन, मिटरब्याजका नाइके बिरेन्द्रलाल श्रेष्ठ, पुर्व एआइजी बिज्ञानराज शर्माका पार्टनर गुण्डा राजु गोर्खाली, काभ्रेली गुण्डा बिष्णु लामा, उमेश लामा, सगुन श्रेष्ठ, शरद गौचन हत्याका नाइके समिरमान बस्नेतका सहयोगीहरु लोप्साङ राइ, अम्बर राना, रोशन बुढाथोकीलगायत हिट लिस्टमा छन् ।  

Comments

Top