एनआइसी एसिया बैंकले ल्यायो डलर क्रेडिट कार्ड

nicasiaa

 काठमाण्डौं। एनआइसी एसिया बैंकले भिजा इन्टरनेशनल युएसडी क्रेडिट सेवा शुरु गरेको छ । इकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कार्ड ल्याएको बैंकले जनाएको छ।  उक्त कार्ड नेपाल तथा भारत बाहेक अन्य देशमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

 उक्त कार्डमा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जाको समेत सुविधा रहेको छ ।निशुल्क इकमर्स अनलाइन पेमेन्टको सुविधाका साथै कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न मिल्ने बैंकले जनाएको छ। ४५ दिनसम्म ब्याज तिर्न नपर्ने सेवामा १० वा शत् प्रतिशत भुक्तानीको ब्यवस्था कार्डमा रहेको बैंकले जनाएको छ। बैंकका २२४ शाखा, २१७ एटिएम र १४ एक्सटेन्सन काउन्टर छन्। बैंकका ११ वटा शाखारहित बैंकिङ इकाइ छन्। 

Comments

Top