मानव तस्कर र साइबर अपराधीहरुले उन्मुक्ति पाउँदैनन् : आईजीपी खनाल

igp3

 न्यूयोर्क । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपालमा पहिला जस्तो सुरक्षाको दृष्टिले भयभित हुनु पर्ने अवस्था नरहेको वताएका छन् । अमेरिकाको भ्रमणमा रहेका आईजीपी खनालले डिसी महानगर क्षेत्रका नेपाली समुदायले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अपराधीलाई कानुनको कठघरामा उभ्याई कानुन बमोजिम कारवाई गर्न आफु कुनै हालतमा पछि नहट्ने पनि प्रतिबद्दता जनाए ।

 आईजीपी खनालले अबको समयमा मानव तस्कर र साइबर अपराधीहरुले उन्मुक्ति नपाउने समेत दाबी गरे । स्वागत कार्यक्रममा आईजीपी खनालले भने - 'उपस्थित सवैलाई यहाँहरुको भावनाको उच्च कदर गर्दै कहिले कुठाराघात गर्ने छैन । आफ्नो सहयोग सदैव सकारात्मक हुने र जस्तोसुकै कठिनाईलाई छिचोल्ने छु। र तपाईंहरुले दिएको जिम्मेबारीलाई शिरोधार्य गर्ने प्रतिबद्धता गर्दछु ।'

 आईजीपी खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यूयोर्क आएका थिए ।कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमको पहलमा सम्पन्न भएको थियो ।

Comments

Top