अबैध लागूऔषधसहित नेपाली सेनाका मेजर पक्राउ

brows sugar

  बाँके । नेपाली सेनाका मेजरसहित एक लागूऔषध कारोबारी ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष टोलीले नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी जनाएको छ ।

स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले शाही र पौडेल पक्राउ परेको पुष्टि गरेको छ । प्रहरीका अनुसार शाहीले आफू सेनाको मेजर भएको बताए पनि उनले परिचय खुल्ने कागज भने देखाएका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो ।

Comments

Top