विश्वकप फुटबल: तेस्रो चरणका खेलहरु सुरु हुँदै, रोचक बन्दै खेल

worldcupp

 काठमाडौं । विश्वकप फुटबलअन्तर्गत सोमबारदेखि समूहका तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् ।  सोमबार समूह ए र समूह बी का खेलहरु हुनेछन् । बेलुकी ७ः४५ बजे समूह ए का खेलहरु हुनेछन् ।

साउदी अरेबियाले इजिप्टसंग र उरुग्वेले रुससंग खेल्नेछ । यो समूहबाट रुस र उरुग्वेले यसअघि नै राउन्ड अफ सिक्सटिनमा स्थान बनाइसकेकाले यी खेलबाट साउदी र इजिप्टले सान्त्वना जितसहित घर फर्कने तथा रुस र उरुग्वे समूह विजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुग्न चाहन्छन् ।

समूह बी को खेल निकै रोमाञ्चक हुनेछ । यो समूहबाट कुनै पनि टिमले राउन्ड अफ सिक्सटिनमा स्थान बनाइनसकेको अवस्थामा दुवै खेलबाट नै छिनोफानो हुनेछ ।

राति ११ः४५ बजे सुरु हुने खेलमा इरानले पोर्चुगलसंग तथा स्पेनले मोरोक्कोसंग खेल्नेछ । अंक तालिकामा स्पेन र पोर्चुगलको ४–४ अंक छ । इरानको ३ अंक छ भने मोरक्को अंकविहिन छ ।

मोरोक्कोले खेल जित्दा राउन्ड अफ सिक्सटिनमा पुग्नेछैन । तर मोरोक्कोले धेरै गोलको अन्तरले स्पेनलाई हराउँदा पनि उसले राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाउन सक्ने छैन । 

Comments

Top