विश्वकप फुटबलमा जापानले जोगायो इज्जत, बराबरीमा खेल

japansenegal

 काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको आइतबार जापान र सेनेगल बिच भएको खेलमा २–२ गोलको बराबरीमा टुंगिएको छ । खेलको ११ औँ मिनेटमा सेनेगलका मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यस्तै खेलको ७१ औँ मिनेटमा वागुयीले सेनेगलका लागि गोल गरे । 

 जापानले जोगायो इज्जत त्यस्तै इनुयीले खेलको ३४ औँ मिनेटमा जापानका लागि पहिलो गोल गरे । त्यस्तै होण्डाले ७८ औँ मिनेटमा दोस्रो गोल गर्दै सेनेगलसँग २–२ गोलको बराबरीमा टुंगिएको छ । यससँगै दुबै टिमले अंक बाँडेको छ ।

Comments

Top